
खबरबाकस \ नेपाल व्यापार श्रमिक संघ(युनिकम) मकवानपुरले दामोदर पाठकलाई जिताउन साथ दिने भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको आसन्न चुनावमा कृष्णकुमार गुप्ता (अग्रवाल)को प्यानलमा वाणिज्य तर्फको सदस्यमा उम्मेदवार बनेका पाठक युनिकमको केन्द्रीय सदस्य हुन् ।
संघमा आवद्ध रहेका युनिकममा सदस्यहरुले पाठकलाई जिताउनको लागि सबै लाग्ने युनिकम मकवानपुरका अध्यक्ष लेखनाथ गैह्रेले बताए ।
कालिका सप्लायर्सका सञ्चालक पाठक मनहरी निवासी हुन् । दशकदेखी व्यावसायमा लागेका उनी कार्तिक ९ गते हुने मकवानपुर उद्योग वाणिज्य संघको अधिवेसनमा वाणिज्य तर्फको खुल्ला सदस्यमा उम्मेदवार बनेका छन् ।








