
काठमाण्डाै \ मङ्गलवार मुस्लिम समुदायलाई सार्वजनिक बिदा भएको छन् ।
साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यसैबीच प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीका धर्मगुरु पैगम्बर माेहम्मदकाे जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।








