
हेटौंडा \ हेटौंडा ८ कमानेमा रहेको किराना पसलमा आगलागी हुदा पसलमा रहेको धनमाल जलेर नष्ट भएको छ।
सोमबार बिहान चन्द्रोदय चोकमा रामकृष्ण लामिछानेले सञ्चालन गरेको आरके किराना पसलमा पुजा गर्ने क्रममा आगोलागी हुदा किराना पसलमा रहेको करिब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको हो।
आगोलागी करिब १ घण्टाको स्थानीय, प्रहरी सहित प्रयासपछि हेटौंडा उपमहानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन्। किराना पसलमा ग्याँस सिलिन्डर समेत रहेकोले सिलिन्डर विस्फोट भएर आगलागी नियन्त्रणमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।








