समाचार

मेरो दशैं खर्च बालबालिकालाई

संवाददाता

खबरबाकस \ हेटौंडामा यसपालिको मेरो दशैं खर्च बालबालिकालाई भन्दै बालबालिका संरक्षित संस्थाहरुलाई सहयोग गरिएको छ ।

जेसिआइ हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठ सहित विभिन्न दाताहरुको सहयोगमा जेसिआइ हेटौंडा लेडीको आयोजनामा यस वर्षको दशैं खर्च कटाएर बालबालिकालाई मासु तथा चिउरा सहयोग गरिएको छ ।

सोमबार हेटौंडा ११ अवस्थित मामाघर नेपालमा आश्रित बालबालिकालाई दशैं मनाउन २५ किलो कुखुराको मासु र चिउरा हस्तान्तरण गरिएको छ । त्यस्तै हेटौंडा ५ मा रहेको हाम्रो घर बालगृहलाई ३५ किलो कुखुराको मासु र चिउरा सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताईन् ।

No description available.

आइतबार भने भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा रहेको भीमफेदी बालमन्दिरमा ३० किलो कुखुराको मासु र चिउरा सहित बालमन्दिरलाई ३० हजार बराबरको तीनवटा पुस्तक ¥याक गाउँपालिकाका अध्यक्ष हिदम लामाको उपस्थितीमा हस्तान्तरण गरिएको कार्यक्रम संयोजक दिलमाया घर्तीले बताइन् ।

आफ्नो व्यक्तिगत र विभिन्न दाताहरुको सहयोगमा ६२ हजार सात सय बराबरको सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताइन् ।