
खबरबाकस \ स्वतन्त्र पत्रकार संघ मकवानपुर शाखाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा पत्रकारहरुबीच शुभकामना आदानप्रदान गरीएको छ ।
संघका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरको प्रमुख अतिथ्यता रहेको थियो ।
पत्रकारबीच भाइचारा कायम रहोस् भनी शुभकामना आदानप्रदान कार्यक्रम गरिएको अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पत्रकार महासंघ प्रदेश सदस्य सुदीप शिवाकोटी, स्वतन्त्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष सुरेश श्रेष्ठ लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।








