
मकवानपुर \ हेटौडा-९ स्थित संवेदनशील टोल विकास संस्थाले विजया दशमी,दीपावली,छठ एवं नेपाल सम्वत ११४२ लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
टोल विकास संस्था का अध्यक्ष नबराज कोइराला को अध्यक्षता एवं हेटौडा उपमहानगरपालीका वडा ९ का सदस्य लक्ष्मी नेपाली को प्रमुख आतिथ्यता रहेको थियो।
शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा टोल विकास संस्था नगर समन्वय का सदस्य तथा वडा इन्चार्ज रामचन्द्र दाहाल,टोल विकास वडा समन्वय हेटौडा-९ का अध्यक्ष यदुवंश खतिवडा,प्रगति मा.वि.का संचालक समिति अध्यक्ष प्रदिप पराजुली सृजना टोल विकास संस्था की अध्यक्ष मेनुका पराजुली,धर्मपथका संजय अर्याल लगाएतको उपस्थिति रहेको थियो।सचिव लक्ष्मी वन ले संचालन गरेको कार्यक्रम मा कोषाध्यक्ष किशोर अर्यालले स्वागत मन्तव्य राखेका थिए।








