समाचार

क्यान्सर पिडित बालिकाको उपचार्थ सहयोगको याचना

संवाददाता

 खबरबाकस \ सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ७ घर भएकी दुई वर्षकी क्यान्सर पिडित बालिका बिनिशा श्रेष्ठलाई उपचार्थका लागि परिवारले सहयोगको अपेक्षा राखेका छन् ।

बोन म्यारियो क्यान्सरबाट पिडित बालिकाको उपचारमा हास सम्म ८–१० लाख खर्च भएका पिडित बालिकाका बुबा चुडा श्रेष्ठले बताए । बालिकाको हाल काठमाडौंको बालकान्ति अस्पतालमा उपचार भैरहेको छ ।

बालिकाको अवस्था नाजुक रहेको र पारिवारिक अवस्था नाजुक रहेकोले सबैमा सहयोगको लागि अपेक्षा राखेको उनले बताए । उनले सहयोगी हातहरुलाई सन्तोष थापाको लक्ष्मी बैंक खाता नम्बर ०२१२००५५०७२ मा नगद जम्मा हालेर सहयोग गरिदिन आग्रह गरेका छन् ।