खबरबाकस \ विजया दशमी, शुभ दिपावली एवम् छठपर्व २०७८ को उपलक्ष्यमा निर्माण व्यवसायी संघ मकवानपुरगढी शाखाले शनिबार चियापान सहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शाखा अध्यक्ष आकाश कुमार गोले सभाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको (छिन्तु) को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
चियापान कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं २ का क्षेत्रीय सभापति यतिराज सापकोटा ,नेकपा माओवादी केन्द्र मकवानपुरगढीका इन्चार्ज मानकुमारी पाख्रीन, नेपाली कांग्रेस मकवानपुरगढीका सभापति राजवीर मोक्तान, गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष आइत सिं लो, २ का अध्यक्ष बखानसिं पाख्रीन र ३ का अध्यक्ष भागवत घिमिरे, निर्माण व्यवसायी संघ मकवानपुरका सदस्य भवनाथ अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा युवराज सापकोटाले स्वागत भनाइ राखेका थिए । त्यसैगरी कार्यक्रमका अतिथि सहित व्यवसायी संघका उपाध्यक्ष राजकुमार गोले, निर्माण व्यवसायी भरत सापकोटा लगायतले शुभकामना भनाइ राखेका थिए । कार्यक्रममा मकवानपुरगढीका निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो ।








