
खबरबाकस \ भीमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेमा रहेको महिला एकता बचत तथा ऋण सहकारी सस्थाको २३ औँ वार्षिक साधारण सभा भएको छ । गत १७ गतेबाट सुरु भएको सभा विहीबार समापन गरिएको हो ।
साधारण सभा कोराना माहामारीको जोखिम रहेकाले समूह गत टोलटोलमा गएर सभा गरिएको सहकारीका व्यवस्थापक शर्मिला ढुङ्गानाले बताईन् ।
१ हजार ५४ शेयर सदस्य रहेको सहकारीले ८ करोड ६९ लाख ९७ हजार ५४५को कारोबार गरेको छ । ८७ लाख ९३ हजार दुई सय शेयर शेयरपुजीँ रहेको संस्थाले आफ्ना शेयर सदस्यलाई ६ करोड १२ लाख ७१ हजार ८२० रुपैयाँ लगानी गरेको संस्थाका व्यवस्थापक ढुङ्गानाले बताइन् । संस्थाले १७ लाख ६४ हजार ८१२ रुपैँया खुद नाफा गरेको छ । सहकारीमा बचत निक्षेप ६ करोड ८२ लाख ६ हजार ४४२ रहेको छ ।
संस्थाका अध्यक्ष शर्मिला महतको सभाध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा प्रतिवेदन पेश गरिएको थियो । सभामा १७ वटा प्रस्तावमाथी छलफल गरी पास गरिएको अध्यक्ष महतले बताइन् । सभामा संस्थाका संस्थापक अध्यक्ष सीता थापा, व्यवस्थापक शर्मिला ढुङगाना, जेष्ठ शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।








