
काठमाडौं \ नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।
बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसका लागि जीवन राई नेतृत्वको नेकपा एकीकृतसँग पार्टी एकता गर्ने तयारी छ । खतिवडाले भने, ‘एकीकरणको प्रक्रिया टुंगो लाग्नै लागेको छ ।
नेकपा एमालेमा विवाद चर्किएका बेला माधव नेपाल निकट मानिएका राईले नेकपा एकीकृत दर्ता गरेका थिए ।
स्थायी कमिटीको बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरिएको हो ।
यससँगै पदाधिकारी संख्या १९ पुगेको छ । अब अध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, चार उपमहासचिव र सात सचिव छन् ।








