
हेटौंडा \ डाक्टर सरोज पुडासैनीको अध्यक्षतामा नेपाल डेन्टल एसोसिएसन मकवानपुर शाखाको प्रथम कार्यकारिणी समिति चयन भएको छ ।
बिहीबार हेटौंडामा भएको भेलाले डा. पुडासैनीको अध्यक्षतामा नौ सदस्यीय कार्यकारिणी समिति चयन गरिएको हो ।
डा. रोशन चौधरीको अध्यक्षतामा भएको भेलामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका प्राध्यापक डा. सतिस कुमार देवको प्रमुख आतित्थ्यता रहेको थियो ।
भेलाले कार्यकारिणी समितको उपाध्यक्षमा डा. सुनिल कुमार साह, महासचिवमा डा. मोहम्मद आरीफ करिम, कोषाध्यक्षमा डा. पबिता ढुंगाना, सहसचिवमा डा. समिश थापालाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरी समितिको सदस्यहरुमा डा. नेहा ढकाल, डा. नरेश राय, डा. तनिशा दाहाल र डा. प्रेरणा अर्याल रहेका छन् ।








