समाचार

हेटौंडाका राकेश वीरगञ्जमा समातिए

संवाददाता

वीरगञ्ज \   पर्सा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडाैंको तारकेश्वर नगरपालिका–८ मनमैँजुका रवीन्द्र खत्री र हेटौंडा-१६ का राकेश गुरुङ छन् ।

उनीहरूको साथबाट डाइजेपाम १०० एम्पुल, नुर्फिन १०० एम्पुल, फेनार्गन १०० एम्पुल गरी ३०० एम्पुल लागुऔषध बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

प्रहरी चौकी इनर्वाको टोलीले जाँच गर्ने क्रममा बीरगञ्ज-१६ शंकराचार्य गेटबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।