समाचार

वीरगञ्जमा महिला उद्यमी राष्ट्रिय सम्मेलन

संवाददाता

मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जमा आगामी कात्तिक ५ गते पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ ।

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)को आयोजनामा उद्यमशीलतामा नेपाली महिलाको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलोपटक यहाँ सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनबाट महिलामा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । लेडिजसर्कल नेपालसँगका सहकार्यमा हुने उक्त सम्मेलनमा मुलुकभरका करिब १०० भन्दा बढी सफल महिला उद्यमीको सहभागिता रहने सम्मेलन संयोजक मनिषा सुनुवारले जानकारी दिइन् ।

सम्मेलनमा विविध क्षेत्रमा सहभागी महिला उद्यमीको मेहेनत, सङ्घर्ष तथा सफलताका विषय प्रस्तुति रहने लेडिजसर्कल नेपालका निवर्तमान अध्यक्ष रश्मी दासले बताइन् ।