
स्मार्टफोन ब्रान्ड सामसुङले हालै नेपाली बजारमा ग्यालेक्सी एम ५२ फाइभजी स्मार्टफोन प्रस्तुत गरेको छ । ७.४ एमएमको पातलो डिजाइनकोे फोन यसअघिका फोनभन्दा २१ प्रतिशत पातलो रहेको कम्पनीले जनाएको छ ।
६४ मेगापिक्सल, १२ मेगापिक्सलको अल्ट्रावाइड लेन्स, पाँच मेगापिक्सलको माइक्रोलेन्सले वास्तवमै फोटोग्राफीलाई एक तह माथि पु¥याउने कम्पनीको दाबी छ ।
त्यस्तै ३२ मेगापिक्सलको फ्रन्ट क्यामराबाट लोभलाग्दो सेल्फी लिन सकिनेछ । ६ जिबी प्लस १२८ जिबी भेरियन्टको ४८ हजार नौ सय ९९ रुपैयाँ र ८ जिबी प्लस १८ जिबी भेरियन्टको मूल्य ५० हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।








