समाचार

चित्रगुप्त सामाजको अध्यक्षमा श्रीवास्तव

संवाददाता

खबरबाकस \ चित्रगुप्त समाज हेटौंडाको अध्यक्षमा सरोज कुमार श्रीवास्तव चयन भएका छन् । शनिबार भएको भेलाले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको थियो ।
त्यस्तै, समाजको उपाध्यक्षमा डा. मुरारीलाल दास, कोषाध्यक्षमा इन्दुभुषण मल्लिक, सचिब परमानन्द सरोजकर्ण र सहसचिवमा गौरव श्रीवास्तव चयन भएका छन् ।

समाजको सदस्यहरुमा अजित कुमार दत्त, कृष्णमोहन कुमार श्रीवास्तव, दिलिप कुमार दास, चाँदनी कर्ण रहेका छन् ।