समाचार

६६ औं प्रहरी दिवसः हेटौंडामा मास्क वितरण

संवाददाता

हेटौंडा \ चार्डपर्व नजिकिएसंगै कोरोना भाइरस संक्रमणको पनि उत्तिकै जोखिम रहेकाले प्रहरीले हेटौंडामा मास्क वितरण गरेको छ ।

तपाइको मास्क खोइ भन्ने अभियान सहित ६६ औं प्रहरी दिवसको अवसरमा हेटौंडामा मास्क वितरण गरिएको हो । कोरोनाको उच्च जोखिम भएको समयमा पनि प्रहरीले मास्क नलगाउनेलाई जरिवाना गर्ने र मास्क वितरणको कामलाइृ प्रभाबकारी बनाएको थियो । दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा मास्क वितरण कार्यक्रम गरेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रहरी प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले मास्क वितरण कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रममा हेटौंडाको बुद्ध चोक क्षेत्रमा मास्क नलाग्का पैदल यात्रीलाई मास्क वितरण गरिएको थियो ।

कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नबराज अधिकारी,मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल लगायतकाको सहभागिता रहेको थियो ।