
हेटौंडा \ हेटौंडा–५ स्थित कर्रा खोला किनारमा आइतबार वृक्षारोपण गरिएको छ । प्रहरी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले वृक्षारोपणको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, राप्ति डिभिजन वन कार्यालयका दीर्घनारायण कोइराला लगायतको उपस्थिति रहेको थियो । वृक्षारोपणमा अमला,आँप कटहर लगायतको विरुवा रोपिएको छ।








