
हेटौंडा \ नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य अर्जुन सञ्जेललाई पितृशोक परेको छ । धुलिखेल अस्पतालमा उपचारको क्रममा सञ्जेलका पिता ६२ वर्षीय यदुनाथ सञ्जेलको असोज ९ गते शनिबार साँझ निधन भएको हो ।
रेडियो सन्देशमा कार्यरत सञ्जेलका पिताको निधन भएकोमा शोक नेपाल पत्रकार महासंघ मकवानपुरले शोक व्यक्त गरेको छ । सञ्चारकर्मी सञ्जेल मकवानपुरगढी पत्रकार समाजका सदस्य समेत रहेका छन् ।








