समाचार

पदमपोखरीमा ६० जना कांग्रेसमा प्रवेश

संवाददाता

हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर १३ पदमपोखरीमा ६० जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बागमती प्रदेश सभा सदस्य एंव पार्टी सभापति इन्द्र बहादुर बानियाँले उनीहरुलाई टिका लगाई पार्टी प्रवेश गराएकाछन् ।

वडा सभापति आइमान मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाती महासंघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, पार्टी वडा सचिव वगान सिं थिङ, अग्रज स्थानीय नेता अर्जुन थिङ, लक्ष्मी थिङ लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।