
खबरबाकस \ मकवानपुर प्रहरीले दुई किलो एक सय ग्राम लागुऔ अफिम सहित पक्राउ गरेको छ ।
शुक्रबार विहान ९ बजेको समयमा भीमफेदी गाउँपालिका वडा नम्बर २ स्थित प्रहरी चौकी भैंसे बाट खटिएको प्रहरी टोलीले बाटोमा हिंडिरहेका कैलाश गाउँपालिका वडा नम्बर २ बस्ने २१ वर्षका राजन मुक्तानलाई पक्राउ गरेको हो ।
उनको साथबाट लागुऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो एक सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायक उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।
पक्राउ परेका मुक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








