समाचार

सानाकिसान कृषि सहकारीको १८ करोड कारोबार

संवाददाता

मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको श्रमिक सानाकिसान कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा विहीबार समापन भएको छ ।
संस्थाकी अध्यक्ष निर्मला लम्सालको अध्यक्षता एवम् मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा सभा समापन भएको हो । सभामा वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्यता रहेको थियो ।

साविक मकवानपुरगढी गाविस कार्यक्षेत्र भएको सहकारीले गत भदौ २८ गतेदेखी वडागत रुपमा साधारणसभा गर्दै आएको थियो । संस्थामा २७४ समूहमा १५४८ जना शेयर सदस्य रहेका छन् ।

सहकारीले आव २०७७/०७८ मा १८ करोडको कारोबार गरेको छ भने यो वर्ष संस्थाले खुद नाफा ३७ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । सभाले अध्यक्ष निर्मला लम्सालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको सहकारीका संचालन प्रबन्धक गीता लम्सालले बताइन् ।