समाचार

जिपी कोइराला फाउण्डेशनद्धारा ट्रयाक सुट वितरण

संवाददाता

थाहानगर \ मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यामिक विद्यालयका ३५० जना छात्रछात्रालाई ट्रयाक सुट सहयोग गरिएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी जिपी कोइराला फाउण्डेशन नेपाल मकवानपुर क्षेत्र नम्बर २ (क)को आयोजनामा ट्रयाक सुट वितरण गरिएको हो । विद्यालयका अध्यक्ष राजीव कुमार स्याङ्तानको अध्यक्षता तथा फाउण्डेशन क्षेत्र २ (क)का संयोजक प्रमोदकृष्ण जोशीको प्रमुख अतिथ्यता रहेको थियो ।

विद्यालयको इसिइडी कक्षादेखी ८ सम्मका विद्यार्थीलाई ट्रयाक वितरण गरिएको थियो । चिसो मौसममा विद्यालय आउनजान सहज पुग्ने हेतुलाई विद्यालय पोशाक सँग मिल्दोजुल्दो ट्रयाक सहयोग गरिएको जोशीले बताए ।