समाचार

ग्रामिण महिला सेवा केन्द्रको साधारणसभा

संवाददाता

खबरबाकस \ ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको २० औं वार्षिक साधारणसभा भएको छ । हेटौंडामा भएको साधारणसभाको उद्घाटन् हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले गरेका थिए ।

हेटौंडाका पछि थपिएका वडामा अहिले पनि सामान्य पूर्वाधारको समस्या, जनचेतनाको अभावका समस्याहरु रहेको बताउँदै प्रमुख महतले बिकट क्षेत्रका नागरिकको शिक्षामा जोड दिनेगरी सहकार्य गरेर काम गर्न तयार रहेको बताएका थिए ।

केन्द्रका अध्यक्ष उर्मिला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, संस्थाका पूर्व अध्यक्ष सर्मिला श्रेष्ठ, लक्ष्मी मोक्तान, संस्थाका उपाध्यक्ष मेनुका दाहाल, जनचेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जानुका दुवाडी लगायतकाको आतिथ्यता रहेको थियो ।