समाचार

चुरेहिलको अध्यक्षमा कटुवाल

संवाददाता

 खबरबाकस \ हेटौँडा ११ थानाभर्याङमा रहेको चुरेहिल हस्पिटल प्रालिको अध्यक्षमा कृष्ण कटुवाल चयन भएका छन् । मंगलबार भएको विशेष साधारण सभाबाट संचालक समितिको अध्यक्षमा कटुवाललाई चयन भएका हुन् ।

यसैगरी समितिको सदस्यहरुमा नारायणलाल श्रेष्ठ, प्रमोदसिंह रानाभट, विश्वराज रिजाल, अर्जुन डंगोल, संयम मित्तल र अंकिता सुमार्गी सर्वसम्मत चयन भएका छन् ।

हस्पिटलका अध्यक्ष रहेका गोकर्णप्रसाद पराजुली, अरुणराज सुमार्गी र मुरारीप्रसाद पुडासैनी हस्पिटलका सल्लाहकार समितिमा चयन भएका छन् ।