
खबरबाकस \ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) द्वारा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा वडा कसमिति गठन गरेको छ ।
पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समितिको परिसरमा पहिलो भेला गर्दै संगठनको सम्योजकमा सुजन सिलवाल भएका छन् । सहसम्योजकमा प्रमिता गौतम सहित २१ सदस्यीय गठन गरिएको जिल्ला सहसचिव झलक छत्कुलीले बताए ।
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर वडा नम्बर ५ का वडा ईन्चार्ज केशव घिमिरेको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्ला अखिल क्रान्तिकारीका सहसचिव झलक छत्कुली, नेकपा माओवादी केन्द्र हेटौंडा नगर वडा नम्बर ५ का अध्यक्ष देवी गौतम, अखिल क्रान्तिकारी हेटौंडा नगरका सचिव शक्ति न्यौपाने, माओवादी केन्द्र हेटौंडा नगर कमिटीका सदस्य झलक भुजेल लगायतकाको उपस्थिती रहेको थियो ।








