
हेटौंडा \ नेकपा एकीकृत (समाजवादी)को हेटौंडा -७ मा वडा कमिटि गठन गरिएको छ।
नेकपा (एस) केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यता तथा नेकपा एस मकवानपुर अध्यक्ष श्रीधर पोखरेल र सचिव विष्णु दाहालको उपस्थितीमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर-७ मा प्रथम वडा भेला सम्पन्न भएको हो।
भेलाले राजु अधिकारीको नेतृत्वमा २१ सदस्यीय कमिटि गठन गरिएको नेकपा (एस)का नेता सफल अधिकारीले जानकारी दिएका छन। आज हेटौंडा-७ मा गठन गरिएको कमिटि हेटौंडा उपमहानगरकै पहिलो कमिटि रहेको जनाइएको छ।छिट्टै नगरका अन्य वडा तथा जिल्लाभर वडा कमिटि गठन गरिने अधिकारीले जानकारी दिएका छन।








