समाचार

नेकपा एमाले मकवानपुरमा अध्यक्षमा लम्साल, सचिव श्रेष्ठ

संवाददाता

खबरबाकस \ नेकपा एमाले मकवानपुरको जिल्ला कमिटि बैठक भएको छ । बैठकले १० बुदे सहमती कार्यान्वयन गर्दै आज ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन समेत गरेको छ ।

शनिबार भएको जिल्ला बैठकले तत्कालिन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा एकालाल श्रेष्ठ र सहसचिवमा लालबहादुर थापा चयन गरिएको छ ।

तत्कालीन अध्यक्ष मुनु सिग्देल नेपाल पक्षमा लागेपछि सचिव रहेका एकालाल श्रेष्ठ ओलीले कमिटि विस्तार गर्दा जिल्ला अध्यक्ष भएका थिए ।