
खबरबाकस \ गैर आवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय)को दशौं महाधिवेशनमा ताप्लेजुङका यज्ञराज सुवेदी एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक(डिआरसी) पदमा आफ्नो उम्मदेवारी दिएका छन् ।
अक्टोवर २३२५ काठमाडौंमा हुने महाधिवेशनमा संस्थागत सुधार, सहभागितामूलक एनआरएनए, विदेशमा सीपआर्जन, स्वदेशमा स्वरोजगार भन्ने मुल नाराका साथ आफ्नो उम्मेदवारी रहेको सुवेदीले बताए । दक्षिण कोरियामा श्रमिकका रुपमा प्रवेश गरि श्रमिकहरुकै हकअधिकार तथा सरोकारका क्षेत्रमा दुई दशक देखी काम गर्दै आइरहेको अनुभवलाई संगाल्दै विभिन्न कालखण्डमा विभिन्न पदमा रहि काम गरेकाले यस दशौं महाधिवेसनमा सहसंयोजकमा आफ्नो उम्मेदवारी रहेको सुवेदीले बताए ।
उनले आफुलाई मतदान गर्न आग्रह गर्दै आफु एसिया प्यासिफिक क्षेत्रको सहसंयोजक भइ नेपाली दाजुभाइको सीपर ज्ञानलाई सहि विकल्प र माध्यमको मार्फत राष्ट्र निर्माणको अभियानमा लाग्नुका साथै आवश्यक सीपमुलक तालिम तथा प्रशिक्षण दिई दक्ष श्रमशक्तिका रुपमा रुपान्तरण गरिने बताए ।








