
खबरबाकस \ हेटौंडा ६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्,।
सहकारी संस्थाको २६ औं स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष हिमाल पौडेलले बताए । कोरोनाको समयमा हेटौंडामा रगतको अभाव भएको अवस्थामा त्यसलाई मध्यनजर गर्दै संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष पौडेलले बताए।
हेटौंडा वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष हिमाल पौडेल रहेका थिए ।








