
खबरबाकस \ मकवानपुरमा बुधबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १५८ जनाको कोरोना जाँच गर्दा ३० जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
८७ जनाको पिसिआर बिधिबाट र ७१ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट २३ र एन्टिजेनबाट गरी जम्मा ७ जनामा गरी ३० जनामा संक्रमण पुष्टि भएको हो।








