समाचार

मकवानपुरगढी ५ मा पुस्तकालय स्थापना

संवाददाता

 खबरबाकस \ पठन संस्कृतिको विकासका लागि पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा १४औं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर स्थापित गरिएको ११ औं पुस्तकालय मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ धादिङमा हाम्रो सामुदायिक पुस्तकालय स्थापना गरिएको छ ।

पुस्तकालयका अध्यक्ष विष्णु दंगालको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा ५ अध्यक्ष जीत बहादुर घिमिरे, वडा ६ अध्यक्ष टिका प्रसाद दाहाल, नेपाली कांग्रेस क्षेत्र २ संघीय सभापति यतिराज सापकोटा, शिक्षक संगम चौलागाई, पुस्तकालय अभियानकर्मी प्रताप विष्ठ, सुरेश श्रेष्ठ, कार्यक्रम संयोजक अमिर चौलागाई लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

अभियान समूहले आठौं पुस्तकालय नवज्योति पुस्तकालय हेटौंडा, नवौं दोभानचौर सामुदायिक पुस्तकालय, दशौं हात्तिचरण सामूदायिक पुस्तकालय बकैया ७ हात्तिचरण, बाह्रौं ज्ञानज्योति पुस्तकालय भीमफेदी ४ निवुवाटारमा आजै स्थापना गरेका छन् । पुस्तकालय स्थापना सँगै पुस्तकहरु समेत हस्तान्तरण गरिएको थियो ।