
खबरबाकस \ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)द्धारा मकवानपुर बहुमुखी क्याम्पसमा सम्मान कार्यक्रम गरिएको छ । विभिन्न सङ्कायबाट क्याम्पस प्रथम गरेका मकवानपुर बहुमुखी क्याम्पसका १० जनालाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामिको प्रमुख अतिथ्तितामा रहेको कार्यक्रममा विद्यार्थी क्याम्पस इन्चार्ज मिना अर्यालको विशिष्ट अतिथ्तियता रहेको थियो ।
अखिल क्रान्तिकारी प्रमुख मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष छोईसाङ लामाको सभाअध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी भीमफेदी गाउँपालिका अध्यक्ष सफल बर्तौला, अखिल क्रान्तिकारी हेटौंडा नगर अध्यक्ष झलक छत्कुलि, अखिल क्रान्तिकारी उपाध्यक्ष मधुरञ्जन कमार, अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस समिति कोषाध्यक्ष सृजन सिलवाल, क्याम्पस सहायक प्रमुख रामचन्द्र अधिकारी, जिल्ला उपाध्यक्ष रोजन तामाङ अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रबिना लामा लगाएतकाले उपस्थित रहेको थियो । विभिन्न संकायका प्रथम हुने १० जनालाई सम्मान गरिएको थियो ।








