
हेटौंडा \ नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल समाजवादीको संसदीय दलको नेतामा चयन भएका छन्।
आइतबार बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो।नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन्।
प्रतिनिधिसभामा चौथो ठुलो दलको रुपमा रहेको नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार २३ सांसदको नाम संसद सचिवालयमा पठाएको थियो।त्यसैगरी दलको राष्ट्रिय सभामा संसदीय दलका नेतामा बेदुराम भुसाल चयन भएका छन्। नेकपा एकीकृत समाजवादीको राष्ट्रियसभामा ७ जना सांसद रहेका छन।








