समाचार

मोवाइल व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता

संवाददाता

 खबरबाकस \ मकवानपुरमा मोवाईल व्यवसायी गर्ने व्यवसायीको हितमा काम गर्ने गरी दुई संस्थाले आफ्नो प्रतिवद्धता गरेका छन् । शनिवार चितवनमा सम्पन्न भएको संयुक्त बैठकले मोवाईल व्यवसायीहरुको विभिन्न समस्याहरुको समाधानमा संयुक्त रुपमा समाधान गर्ने र उनीहरुको हितमा हुने गरी काम गरिने भनी प्रतिवद्धता जनाइएको कार्यक्रमका संयोजक नवराज चौगालाईले बताए ।

मोवाईल एसोशियसन अफ नेपाल (म्यान)मकवानपुर र नेपाल मोवाइल वितरक संघ मकवानपुर शाखाले संयुक्त रुपमा व्यवसायीको हितमा काम गर्ने गरि प्रतिवद्धता जनाइएको एसोशियसनका अध्यक्ष दिनेश लामाले बताए । लामाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा म्यान मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा वितरक संघ बागमती प्रदेशका सदस्य हरि प्रसाद न्यौपाने, जिल्ला संयोजक रोहिणी प्रसाद गौतम लगायत म्यान मकवानपुरका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।