समाचार

तरुण दल वडा समितिद्धारा सरसफाई कार्यक्रम

संवाददाता

हेटौंडा \ नेपाल तरुण दल हेटौंडा उपमहानगर ९ एकाई समितिद्धारा हेटौडा ९ का विभिन्न स्थानहरुमा सरसफाई गर्दै डस्विन राखिएको छ । कार्यक्रम प्रगति माध्यामिक विद्यालय अगाडि डस्विन राख्दै गुम्बा चोक,कुश्माण्ड सरोवर त्रिवेणीधाम अगाडी रहेको घाटमा सरसफाई गरि डस्विन राखिएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुरका जिल्ला सदस्य माधव आचार्यप्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसको बागमती प्रदेशको उपाध्यक्ष कुमार पौडेल, तरुण दल नगर सचिव सुशील सिग्देल,तरुण नगर सदस्य किरण लामा लगायतकाले आफ्नो भनाइ राखेका थिए । कार्यक्रम तरुण दल ९ नम्बर वडाका अध्यक्ष पुर्णबहादुर हिस्कि मगरको अध्यक्षता भएको थियो ।