समाचार

छायादेबि स्मृति सम्मान २०७८ डा. भट्ट सम्मानित

संवाददाता

हेटौंडा \  छायादेबि स्मृति सम्मान २०७८ बाट सत्य निरुपण तथा मेलमिलाप आयोगका पुर्व आयुक्त डा. मानवी भट्ट शनिबार हेटौंडामा सम्मानित हुनुभएको छ । नेपाल मानव अधिकार संगठन मकवानपुरको बार्षिक साधरण सभाको अवसरमा डा. भट्टलाई सम्मान गरिएको हो ।

भट्टलाई नगद ५ हजार सहित दोसल्ला र खादा ओढाएर सम्मान गरिएको छ । साधारण सभाको अवसरमा मानव अधिकार रक्षकलाई कोभिड १९ ले पारेको प्रभाव बिषयक अन्तर सम्बाद समेत गरिएको थियो ।

नेपाल मानव अधिकार संगठन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामुनेश्वर आचार्य, हेटौंडा उपमहानगरपालिकाकि उपमेयर मिनाकुमारी लामाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद दाहाल, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य इन्द्र नेपाल, कानुन व्यावसायी कृष्णप्रसाद अर्याल, इन्सेक प्रतिनिधि गणेश भण्डारी लागाएतले बोल्नु भएको थियोे ।कार्यक्रममा संगठनका अध्यक्ष बस्नेतले मानव अधिकार रक्षकलाई कोभिड १९ ले पारेको असरका बारेमा कार्यपत्र तथा बार्षिक प्रतिबेदन र कोषाध्यक्ष सर्मिला श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।