
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदाे निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउनुभएको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएका उपसभापति निधिले आज शुक्रवार नयाँ बानेश्वरमा रहेकाे एक बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आउँदाे चुनावमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताउनुभएको हो । उहाँले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पार्नु भयो ।








