
हेटौंडा \ जिल्ला प्रहरी कार्यलय मकवानपुरले विभिन्न परिणामको लागूऔषध सहित हेटौंडा बसपार्कबाट दुईजनालाई पक्राउ गरेको छ ।
हेटौंडा १० बसपार्कमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो बिरगंजबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ३९४३ नं. को बसलाई जाँच गर्दा फेनारागन ९ एम्पुल, डाईजोपाम ९ एम्पुल, नुरफिन ९ एम्पुल सहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर १० का ३२ बर्षीय दमन थापा र ३० बर्षका विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । २ जनासहित लागूऔषध नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।








