समाचार

वडाध्यक्ष कोइरालाले गरे जस्तापाता सहयोग

संवाददाता

हेटौँडा \  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले एक विपन्न परिवारलाई घर छाउनको लागि जस्तापाता सहयोग गरेका छन् ।

हेटौंडा १६ घ्याम्पे टोल निवासी एकल महिला अनिता बिश्वकर्माले घरमा छाना छाउन नसक्दा बर्षाको समयमा समस्या भएको गुनासो गरेपछि अध्यक्ष कोइरालाले ब्यक्तिगत ३० हजार रुपैयाँ बराबरको जस्तापाता सहयोग गरेका हुन् ।

सहयोगी मन नेपालको सहजीकरणमा गरिएको जस्तापाता हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष कोइरालाले आफ्नो वडाका हरेक नागरिक खाना, नाना र छानाको अभावमा बस्न नपर्ने बताए । कार्यक्रममा सहयोगि मन नेपालका अध्यक्ष केदार चौलागाईं, जनप्रीय माबि हटिया का ब्यबस्थापन समिति सदस्य रमेश ढकाल, सदस्य कृष्ण पनेरु, पिटिए अध्यक्ष गुणराज राना लगाएतको उपस्थिति रहेको थियो ।