समाचार

कांग्रेस जिल्ला सदस्य परियारको निधन

संवाददाता

हेटौंडा \ कांग्रेस मकवानपुरका कार्यसमिति सदस्य मिलन परियारको कोरोना संक्रमणका कारण निधन भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ निवासी ५० बर्षीय परियारको आज विहान १ बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संक्रमणका कारण स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई चितवनको भरतपुरस्थित सिएमसि अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । सिएमसीले थप उपचारको लागि पाटन अस्पताल रिफर गरेको थियो ।

पाटन अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । उनी मुटु सम्बन्धी रोगबाट पीडित रहेकोसमेत थाहा लागेको छ ।