
हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा विभिन्न पार्टी परित्याग गरी ८५ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाल तरुण दल हेटौंडा १८ का अध्यक्ष अशोक केसीको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शुक्रबार भएको पार्टी प्रवेश कार्यक्रममा हेटौंडा १७ र १८ नम्बर वडाका युवाहरु विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य सुशान्त श्रेष्ठ, नगर सभापति आनन्दराम पराजुली लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रममा कोभिड १९ अनुगमन समितिका मकवानपुर संयोजक उत्सव ईटेनी, क्षेत्रीय सदस्य गोपाल न्यौपाने, महाधिबेशन प्रतिनिधि कमला खड्का, तरुण दल जिल्ला सचिव सचित थापा, कांग्रेस १८ नम्बर सभापति राजेन्द्रराज बानियाँ, सहसभापति पुरुषोत्तम अधिकारी, तरुण दल हेटौंडा १८ का उपाध्यक्ष मनोज पण्डित, जनक खतिवडा, रुद्र गोलेलगाएतको उपस्थिति रहेको थियोे ।








