
खबरबाकस \ हेटौंडा उपमहानगर वडा नम्बर २ को पिपलबोटबाट सुन तथा नगद चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्,।
हेटौडा २ पिपलबोट नजिकै मनोज राईको सुन बनाउने पसलबाट सुन तथा नगद चोरी गर्ने हेटौंडा १० राप्तीरोड बस्ने २५ बर्षीय सन्दिप जोशीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो। जोशीले साउन २३ गते राईको सुन पसलबाट ६५ लाल सुन र ७६ हजार नगद चोरेर भागेका थिए।
जोशीले सुन तथा नगद चोरी गरेको भन्ने पसलेको उजुरीको आधारमा खोजी गर्दा हेटौंडा १२ पदमपोखरीबाट पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताएका छन्, । पक्राउ परेका जोशीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।








