
खबरबाकस \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मनकामनाचोक देखि कान्तिराजपथ सम्म गमला सहितको विरुवा रोपिएको छ । उपमहानगरपालिकाको फूलका विरुवा रोप्ने अभियान अनुसार गमलामा हुर्किएका विरुवा रोपिएको मेयर हरिबहादुर महतले बताए ।
हेटौंडा उपमहानगरक्षेत्रका मुख्यसडकमा अहिले गमला सहित फूलका विरुवा रोप्ने अभियानमा यस क्षेत्रमा ठुलो गमलामा विरुवा रोपिएको हो । भर्खरै सडक पेटी सहित पीच गरिएको यस सडकको दायाँ बाँया हरियो गमलामा थरी थरिका विरुवा रोपिएको मेयर महतले बताए । गमलासहितको विरुवा रोप्ने अभियानको मेयर महतले उद्घाटन् गरेकाच थिए ।








