
खबरबाकस \ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश युवा परिषद्को आयोजना तथा हेटौंडा लेडी जेसीजको समन्वय आयोजित वक्तृत्वकला प्रतियोगिता मकवानपुर बाल विद्या सदन हेटौंडाकी स्मृती गिरी प्रथम भएकी छिन् ।
हेटौंडामा मंगलबार भएको खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन विषयक वक्तृत्वकला प्रतियोगितामा द्धितिय तुलसी मेयर मेमरियल माध्यामिक विद्यालयका प्रमिश रानाभाट भए भने तृतिय स्थान आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयका कर्ण यादव भएका छन् । उनीहरुले क्रमशः पाँच हजार, तीन हजार पाँच सय र दुई हजार पाँच सय नगद सहित प्रमाण प्राप्त गरेका छन् ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको उपस्थिती भएको प्रतियोगितामा ११ जनाले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रम हेटौंडा लेडी जेसीजका अध्यक्ष प्रतिमा श्रेष्ठको अध्यक्षतामा भएको थियो ।








