समाचार

हेटौंडाको बागेश्वरी महिला देशकै सर्वोत्कृष्ट महिला सहकारी घोषित

संवाददाता

 खबरबाकस \ महिलाहरुद्धारा सञ्चालित हेटौंडा उपमहानगर वडा नम्बर ११ मा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था देशभरकै सर्वोत्कृष्ट महिला सहकारी घोषित भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले विविध कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाउदैं संघमा आवद्ध सहकारीलाई उत्कृष्ट कार्य गरेवापत विभिन्न १६ विधामा संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

सम्मान तथा पुरस्कार पाउनेहरुमा संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ निजगढ महिला साकोसकी पूर्व अध्यक्ष एवम् निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने खनाल तथा नेफ्स्कूनका पूर्व सञ्चालक एवम् दोलखा जिल्ला बचत संघका पूर्व अध्यक्ष रामदास श्रेष्ठ रहेका छन् ।

त्यसैगरी नेफ्स्कून सर्वोत्कृष्ट साकोसमा महिलाद्वारा सञ्चालित मकवानपुर हेटौंडाको बागेश्वरी महिला साकोस र रुपन्देहीस्थित जनउत्थान साकोस रहेका छन् । नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसहरुमा प्रदेश १ बाट प्रगती साकोस–दमक, प्रदेश २ बाट स्वस्तिक साकोस–सर्लाही, बागमती प्रदेशबाट शिक्षक कल्याण साकोस–दोलखा रहेका छन् भने गण्डकी प्रदेशबाट जनसेवा साकोस, पुरुन्चौर–पोखरा, लुम्बिनी प्रदेशबाट सयपत्री साकोस–नवलपरासी, कर्णाली प्रदेशबाट स्वावलम्बी साकोस–सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट जनकल्याण साकोस–कैलाली रहेका छन् ।

अन्य पुरस्कृत तथा सम्मानित विवरण
नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कारः प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेत (हाम्रो जनकल्याण साकोस दोलखा)
प्रदेशगत उत्कृष्ट व्यवस्थापक पुरस्कारः मनोज कुमार सुतियार, श्री जनकल्याण साकोस –सुनसरी (प्रदेश १)
यज्ञ प्रसाद प्रसाई, नवविकास साकोस–चन्द्रपुर रौतहट (प्रदेश २)
कृष्णकान्त मिश्र, जनकल्याण साकोस –धादिङ (बागमती प्रदेश)
रामचन्द्र सुवेदी, गैडाकोट स्वाभिमान साकोस–नवलपरासी (गण्डकी प्रदेश)
अनन्त पाण्डे, ग्रामीण साकोस बर्दघाट नवलपरासी (लुम्बिनी प्रदेश)
रमेश जैशी, पिपलबोट साकोस- सुर्खेत (कर्णाली प्रदेश)
टेकराज लेखक, जिवनज्योति साकोस- बैतडी (सुदुरपश्चिम प्रदेश)
नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान महिलातर्फः चन्द्र कुमारी खड्का–झापा
पुरुषतर्फ नारायण घिमिरे–काठमाडौं