समाचार

अखिल क्रान्तिकारीको जिल्ला भेला, बर्तौलाको अध्यक्षतामा ६१ सदस्य गठन

संवाददाता

 खबरबाकस \ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (कान्तिकारी) को २२ औं जिल्ला सम्मेलन हेटौंडामा भएको छ । सम्मेलनबाट श्रवण कुमार बर्तौलाको अध्यक्षतामा ६१ सदस्यीय कमिटि गठन भएको छ । जसमा उपाध्यक्षमा रोजल तामाङ र अञ्जु तुम्सिङ, कोषाध्यक्षमा बुद्धराज अर्याल, सचिवमा मोहनचन्द्र चौलागाई, सहसचिवमा राजेन्द्र मोक्तान, झलक छत्कुली, शासन सापकोटा, मुकेश गोले रहेको जनाइएको छ ।

No description available.

जिल्ला संयोजक आकाश पाख्रीन अध्ययक्षतामा भएको कार्यकममा अखिल कान्तिकारी केन्द्रीय अध्यक्ष रंजीत तामाङको प्रमुख अतिथ्यतामा भएको थियो । सम्मेलनमा बागमती प्रदेश सभा सदस्य एंव पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ललित घलान, बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, अखिल क्रान्तिकारी बागमती प्रदेश सहसंयोजक प्रदीप अर्याल, पार्टी जिल्ला सदस्य मिना अर्याल लगायतको सहभागिता रहेको थियो ।