समाचार

सिलाईकटाई गर्ने महिलालाई व्यक्तित्व विकास तथा उद्घोषण तालिम

संवाददाता

काठमाडौं \ नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ अन्र्तगत राष्ट्रिय महिला उद्यमी सीप विकास समितिको आयोजनामा १५ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम शनिबार समापन भएको छ । चावहिलस्थित मनास्लु वल्र्ड कलेजमा १५ दिन अघि व्यक्तित्व विकास तथा उद्घोषण तालिम सूरु भएको थियो । उक्त तालिममा महिला उद्यमीहरुको सहभागिता रहेको थियो । महिला उद्यमीहरुमा व्यक्तित्व, विकास र सञ्चार कलाको विकास गराउने उद्देश्यले नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ अन्तर्गत राष्ट्रिय महिला उद्यमी सीप विकास समितिले कार्यक्रमको आयोजना गरेको थियो ।

राष्ट्रिय महिला उद्यमी सीप विकास समितिको केन्द्रीय सह–संयोजक रञ्जना मास्केको अध्यक्ष्यता तथा नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामा, महासंघका सह–कोषाध्यक्ष प्रेम महर्जन, नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बागमति प्रदेश सचिव राज कार्की, महासंघका केन्द्रीय सदस्य समला प्रधान, काठमाडौं जिल्ला अध्यक्ष चन्द्र रणपहेली, काठमाडौं जिल्लाका पदाधिकारीहरुका साथै अन्य व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

 

तालिममा सहभागीहरुलाई प्रशंसा तथा बधाई ज्ञापन गर्दै महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले व्यवसायका अतिरिक्त आफूमा नेतृत्व विकास पनि हुनुपर्ने कुरामा जोड दिएका थिए । वर्तमान समयमा व्यवसायलाई आधुनिकरण गर्दै आफैबाट परिवर्तन हुदैं व्यवसायलाई पनि आधुनिकरण गर्नु पर्ने बताएका थिए । तालिममा १८ जना महिलाहरुको सहभागिता रहेको थियो ।