समाचार

मकवानपुरमा थप ४५ जनामा कोरोना पुष्टि

संवाददाता

हेटौंडा \  मकवानपुरमा मंगलबार कोरोना संक्रमित भन्दा मुक्त हुनेको संख्या दोब्बर रहेको छ।मकवानपुरमा मंगलबार ४५ जना कोरोनाका नयाँ बिरामी थपिदा ९० जनामा कोरोना मुक्त भएका छन।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ९० जना कारोना सङ्क्रमण मुक्त भएका हुन।

कोरोना पुष्टि भई होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडामा ६८ जना,थाहानगरमा ७ जना,मकवानपुरगढीमा ४ जना बागमती र भिमफेदीमा २।२ जना,बकैयामा १ जना  र मनहरीमा ६ जना गरी जम्मा ९० जना आज कोरोना मुक्त भएका हुन।आज कोरोना मुक्त हुने ९० सँगै मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या१२ हजार ८ सय ३५ जना पुगेका छन।