समाचार

सिमेन्ट रोडको स्तर उन्नतीको लागि समिति गठन

संवाददाता

हेटौंडा \  हेटौडा-९ स्थित १ नं. सिमेन्ट रोडको स्तर उन्नतिको लागी  समिति गठन गरिएको छ। सुरेन्द्र भट्टराईको अध्यक्षतामा भेला आयोजना गरी  एक समिति गठन गरिएको हो।

राम बिष्टको सक्रियता तथा  स्थानीय सरोकारवालाहरूको उपस्थितिमा १५ सदस्यीय समिति गठन गरिएको हो। गठन गरेको समितिले विभिन्न सरोकार पक्ष संग समन्वय गरेर हेटौंडा-९ अन्तर्गत पूर्व पश्चिम राजमार्गको गुम्बाचौक देखी हेटौडा सिमेन्ट फ्याट्रीको गेट सम्मको सडक स्तर उन्नति, ढल तथा पानी व्यवस्थापन,सडकपेटी,विद्युतपोल व्यवस्थापनको क्षेत्रमा गुरु योजना बनाई प्राविधिक सहयोगमा काम गर्ने संवेदनशील टोल विकास संस्थाका अध्यक्ष नवराज कोइरालाले बताए।

भेलामा नेपाली कांग्रेसको तर्फ बाट बिरेन्द्र लामा,कुमार पौडेल,नेकपा एमाले बाट यदुवशं खतिवडा,नेकपा माओवादी केन्द्र बाट तिर्थ थापा मगर,राप्रपा तथा जसपाका प्रतिनिधि ,संबेदनशिल टोल विकासका अध्यक्ष नबराज कोइराला, मिलन टोल विकासका सागर भट्टराई, सृजनशिल टोल विकासका मेनुका पराजुली, सन्तोषी टोल विकासका अध्यक्ष सहित स्थानीयको उपस्थिति रहेको थियो।