
हेटौंडा \ जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरका विभिन्न बजारका व्यवसायहरु निश्चित समय तोकी सञ्चालन गर्ने निर्णय प्रति मकवानपुर जागरण अभियानले गम्भिर ध्यानाकर्षण गराएको छ ।
अभियानका अध्यक्ष कृष्णराज कोइरालाले प्रेस विज्ञप्ती जारी गर्दै २५ गते बाट लागु हुने गरी आशिंक निषेधाज्ञा निश्चित समय तोकी व्यापार व्यवसाय गर्न मिल्ने गरी केहि समय बजार खोल्ने र त्यसपछि बजार बन्द गर्ने जुन निर्णय गर्ने तयारी रहेकोले त्यसप्रति गम्भिर ध्यानाकर्षण गराएका छन् ।
सामान्य नागरिक र व्यवसायीलाई कुनै राहत प्याकेज घोषणा नगरी आवश्यक परामर्श विना हचुवाको भरमा एकतर्फी रुपमा व्यापार बन्द गर्ने खुलाउने जस्तो कदमले व्यवसाय र जनजिवन नै धरापमा पर्ने भएको हुदाँ यस्ता कार्य नगर्न विज्ञप्तीमा उल्लेख छ । स्वास्थ्य मापदण्ड अपनाई कडाई गरी सम्पूर्ण बजार २४ सैं घण्टा सञ्चालन गर्न माग गरेको छ ।








